Himlayan Family House

पर्यटन मा पूर्बाधार को महत्व कती रहन्छ,?कस्ता कस्ता पूर्बाधार्को भुमिका के के रहने? प्राथमिक पूर्बाधार को बिस्तार कसरी गर्ने/ गर्न सहयोग गर्ने? पुर्वाधारको ब्यवस्थापन र सम्बर्धन कुन माताहतले लिने र कसरी गर्ने? कस्तो पूर्बाधार्मा कसले कसरी ब्यवस्थापन गर्ने भन्ने मुख्य समस्या भयेपनी पर्यटन बिकासमा उत्पादन र जनसहभागिता, नाफा को बितरणमा पारदर्सिता, प्रतक्ष फाइदाका पाटाहरु को जानकारि जनस्तरसम्म पुर्याउने, र प्रतक्ष पर्ने नकारत्मक प्रभाब को मुल्याँकन र न्युनीकरण कसरी गर्ने भन्ने प्रस्नहरुकोपनी उत्तर खोज्न आवस्याक रहन्छ।

हाम्रो जस्तो लग्भग 62% जनसन्ख्या 30 बर्सभन्दा काम उमेर समुह भएको, जसमध्ये अनुमानित 78% भन्दा धेरै मादक पदार्थ तथा अनुपादक कार्य मा संग्लग्न भएको, लग्भग 92% जती बिदेस नै समस्यको समाधान हो भन्ने बुझेको, तथा 20 बर्सभन्दा मुनिको जनसंख्या सबै सहरमा प्रबिधीसंग हुर्किएको तर सदुपयोग गर्न नसकेको अवस्था तथा 95% जनसंख्या आउने दुई बर्स को पनी आधारभुत योजना बनाएर काम गर्न नसक्ने अवस्थामा 70% भन्दा बढी कृषिमा आधारित जिबिको उपार्जन मा आसृत जनसंख्या भएको देस मा पर्यटन को लागी न्यूनतम आवस्यकता को ज्यान नै छैन भने कसरी पर्यटनलाई तेश्रो ठुलो आय आर्जन को माध्याम बनाउन सकिन्छ?

पर्यटनको लागी बनाईएका पूर्बाधारहरुले स्थानिय समाजको, जिबन पद्दतिमा कस्तो असर पार्छ? आउने जनसंख्या ले यसको प्रयोग ब्यक्तित्व बिकास र सारीरीक बिकासमा कसरी प्रयोग गर्न सक्छन? त्यस छेत्रमा बसोबास गर्ने अग्रज हरु ले यस्ता सुबिधाको प्रयोग गर्न सक्छन की सक्दैनन, सक्छन भने कसरी र सक्दैनन भने किन भन्ने अनी प्रस्ट हुन जरुरि हुन्छ।

अब बनिने पूर्बाधारहरु अपांग/ दिब्यांगा मैत्री हुन पनी जरुरि छ।।

सामाजिक सौहार्दता कायम राखन, आफ्नो गाऊ/ सहरको स्वरुपमा सौन्दर्यता थप्न, मानिसहरुलाई प्रकृती सङ्ग नजिक गराउन, स्थानिय ब्यावसायिलाई पर्यटन मार्फत फाईदा पुर्याउन , तथा सामाजिक एकता कायम राखन पनी यस्ता पूर्बाधार को आवस्यक्ता रहन्छ।


Comments