Himalayan Family House

पर्यटनमा पूर्बाधार को असर कस्तो रहन्छ, कस्ता कस्ता पूर्बाधार ले आम जनसमुदायमा कस्तो असर छाड्छ, आउने नया ग्राहक को रोजाई र गरिएका आसाहरुलाई आकर्सण बिसेस ठाउ मा कसरी सम्बोधान गर्न सकिन्छ/गरियेको छ भन्ने मात्रै मा सिमित रहदैन, यो त केवल minimum requirement भित्र पर्ने एक्दमै सामान्य कुरा भये। पर्यटन पुर्वाधार भित्र नै सम्बोधन हुनूपर्ने अर्को पाटो के छ भने त्यहा आवस्यक पर्ने जनसक्ती को सिप बिकास भएको छ की छैन, त्यो छेत्रमा रहने पुर्बज हरूको समाजलाई कसरी सम्बोधन गर्ने, पर्यटक को आवस्यक्ता लाई कसरी सम्बोधन गर्ने, सामाजिक मान्यता को प्रबर्धन कसरी गर्ने, सास्कृतिक पक्षलाई कसरी प्रदर्सन गर्ने, सामाजिक सद्भाव कसरी कायम राख्ने, प्राक्रितिक श्रोत को सदुपयोग कहा कसरी गर्ने, उत्पादन लाई कसरी ब्यवस्थित र भर पर्दो राखिराख्ने, बिस्व बजार/ पर्यटक को आवस्य्यक किनमेल को बजार कसरी बिस्वसनीय र भरपर्दो बनाउने, आउने पर्यटक को अभिलासा कसरी सम्बोधन गर्ने, पर्यटक को भबिस्य बिस्व बजारमा कता मोडिदैछ भन्ने अनुमान गर्न सक्ने जनसक्ती को पनी आवस्यक्ता रहने देखिन्छ।।

पर्यटन ब्यवसाय प्रचार बाजिले मत्रै उठाउने सम्भावना सकिदै गएको देखिन्छ, हो जानकारि बजारसम्म पठाउन बिज्यापन को प्रयोग होला तर त्यो भन्दा महत्वपुर्ण कुरा प्रतक्ष अनुभव कसरी सम्भावित बजार सम्म पुर्याउने भन्ने कुरा ले धेरै महत्व राख्ने देखियो।

सबैभन्दा महत्वपुर्ण कुरा हाम्रो बजार का ग्राहकहरुले तथा तिनिहरुका सर्खार्हरुले के के छेत्रमा लगानी गर्दै छन, त्यहाको जनता मा के कुरा छुटेको छ र त्यसलाई हाम्रो ब्यवस्थापनले कसरी सम्बोधन गर्दै/ गर्ने तयारी छ भन्ने कुराले आउने भबिस्यको पर्यटन कता जान्छ अनुमान लगाउन सकीने रहेछ।।


Comments